२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री

जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ : प्रधानमन्त्री

675
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले पहिलेको मितिमा दिइकएको कुरामा अहिलेको सरकारलाई जोड्ने काम भएको भन्दै विरोधको प्रतिवादसमेत गरे ।
सत्तारूढ दल नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको दाबी गरे ।

‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो ? चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले भने ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’

प्रधानमन्त्री ओलीले पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गरे । तर अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको ओलीको भनाइ थियो । ‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij