काठमाडौं – सिद्धार्थ बैंकले ‘महिला उद्यमशील कर्जा योजना’ संचालनमा ल्याएको छ। महिला उद्यमशीलता विकासको लागी पन्ध्र लाखसम्मका कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो।
सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जाअनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ। साथै ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ।
उक्त कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको बैंकले बताएको छ।
सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिअ मेसिनमार्फत् सेवा दिदैं आएको छ।
महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पुर्याउने बैंकको विश्वास रहेको छ। यस कर्जा योजनाका प्रमुख आकर्षणहरू निम्न छन्ः
–९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाखसम्म)
–वार्षिक ६.०२५ सम्मको आकर्षक ब्याजदर
–प्रशासनिक शुल्क नलाग्ने
–अग्रिम भुक्तानी शुल्क नलाग्ने
–सरल भुक्तानी सुविधा
–५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij