२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिद्धार्थ बैंकद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

1.3K
Shares

काठमाडौं– सिद्धार्थ बैंकले काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई आर्थिक सहयोग गरेको छ । आइतबार एक कार्यक्रमबीच दश लाख रुपैयाँ बैंकका अध्यक्ष मनोज कुमार केडियाले पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक विवेक बास्कोटालाई प्रदान गरेका हुन् ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बाल बालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्मबैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij