२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकद्धारा टिच फर नेपाललाई पाँच लाख सहयोग

ज्योति विकास बैंकद्धारा टिच फर नेपाललाई पाँच लाख सहयोग

1.2K
Shares

काठमाडौं– ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार पाँच लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ ।
बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

टिच फर नेपाल ले हाल सम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ। दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिच फर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ ।

समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij