२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सञ्चालित

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सञ्चालित

1.2K
Shares

काठमाडौं– वृज सिमेन्टले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।

यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको छ । उक्त कार्यक्रम लाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब”मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो ।

अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथिहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट वहाँहरुको सुरक्षित महशुश गराउने उद्देश्य भएको कम्पनीले बताएको छ ।

बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासकासाथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट एक्सपर्ट चोइससहित बजार प्रव्धन शुरु गरिएको हो ।

एक्सपर्ट चोइस बजार प्रवर्धनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij