काठमाडौं– होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डा व्हिल अफ फर्चुन ३’ का विजेता घोषणा गरेको छ।
सोमबार एक कार्यक्रमबीच लक्की ड्रमार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुनलाई घुमाएर थप रकम प्राप्त गरेका थिए।
व्हिल अफ फर्चुनलाई घुमाएर सालिकराम अधिकारीले ४ लाख, आयुष महर्जनले ३ लाख, गंगा गुरुङले २ लाख त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले १ लाख नगद पुरस्कार जितेका छन्।
यसका साथै, मोरङका तोयानाथ गौतम र धनगढीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निःशुल्क थाईल्याण्ड भ्रमण जितेका छन्। होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठले लक्की ड्र मार्फत दुबई भ्रमण प्याकेज जितेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij