२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसइई दिने विद्यार्थीलाई डिसहोमले तयारी कक्षा दिने

एसइई दिने विद्यार्थीलाई डिसहोमले तयारी कक्षा दिने

850
Shares

काठमाडौं– डिसहोमले एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै यस वर्ष पनि तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिसहोमको शोकेस २ च्यानलमार्फत पुस १ देखि संचालन हुनेछ।

‘उज्वल भविष्य’ भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले घरमै बसेर अंग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्।

नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्ने डिसहोमले जनाएको छ।

डिसहोमको सोकेस २ च्यानलमा मात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुस १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ।

जस अनुसार अंग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ। तिनै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३० र २ः३० बजे र तथा साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij