अछाम– नेत्रविक्रम चन्द विप्लवसमूहका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् ।
अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गरेका हुन् ।
यही मङ्सिर १२ गते राजापुर नगरपालिका वडा नं ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij