२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न

1.7K
Shares

गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५प्रतिशतनगदलाभांशवितरण गर्ने प्रश्तावपारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित भएको छ ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८हजार रुपैंया चुक्ता पूँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९हजार पुगेको छ । साधारण सभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिकाबन्द रहेकोमा २०७६ मंसिर १२गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकको हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij