२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक

जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक

1.5K
Shares

काठमाडौं – प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच जावलाखेल युवा क्लबको प्रायोजन गर्ने सम्झौता भएको छ ।

ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्पmबाट अध्यक्ष महेन्द्र क्षेत्रीले आज एक समारोहका विच हस्ताक्षर गरेको हो ।

जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक लि. रहनेछ । बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक लि. रहनेछ ।

जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक लि. जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंक लि. मा आप्mनो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् सञ्चालन गर्ने छ ।

जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंक लि. को ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउनेछन् ।

जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंक लि. को विज्ञापन प्रशारण गर्नेछ । प्रभु बैंक लि. र जावलाखेल युवा क्लब विच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij