२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चार अस्पतालमा पदाधिकारी नियुक्त

चार अस्पतालमा पदाधिकारी नियुक्त

710
Shares

प्रदेश ५ सरकारले चार अस्पतालमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशको बर्दियास्थित बर्दिया अस्पतालको अध्यक्षमा गुलरिया ६ का अंगद श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, अस्पतालको महिला सदस्यमा मोहनकुमारी फुँयाल (मिथिला)लाई नियुक्त गरेको छ ।

पाल्पा अस्पताल तानसेनको अध्यक्षमा तानसेन–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा सुशीलादेवी श्रेष्ठलाई नियुक्त गरेको छ । रामपुर अस्पताल पाल्पाको अध्यक्षमा रामपुर–३ का वासुदेव शर्मा भट्टराई र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई नियुक्त गरेको छ । पृथ्वीचन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij