२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोमबारदेखि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने

सोमबारदेखि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने

1.1K
Shares

काठमाडौँ –  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनालले जानकारी दिए । 

कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् ।  प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij