सर्लाही- वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान उनले युवासँग आग्रह गरे । वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेको छ भने सिधा आएर आफूलाई जानकारी गराउन उनले आग्रह गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij