काठमाडौं – तुलसिपुरस्थित सानिमा बैंकले मगलबार टरिगाउ बिमानस्थलको परिसरमा सरसफाई गरेको छ। सामाजिक उत्तरदायी अन्तर्गत बैंकले एयरर्पोटमा बढ्दै गएको यात्रुको चापलाई मध्येनजरगर्दै सरसफाई कार्यक्रम गरेकाे हो।
बैंकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाइ गर्न एयरर्पोट पुगेको टोलिले आठ थान डस्टबिन समेत नागरिक उडयन कार्यालय दाङलाई हस्तान्तरण
गरेको छ।
सो अबसरमा नागरिक उडयन कार्यालय, प्रहरी, स्थानीय र बैंकका कर्मचारी रहेका थिए। नागरिक उड्यन कार्यालय तुलसिपुर दाङका प्रमुख विशाल घिमिरेले एयरर्पोटमा प्लास्टिक निषेध गरेको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij