२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई नौ लाख पाउने

स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई नौ लाख पाउने

1.2K
Shares

काठमाडौं – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।
जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरेका छन् । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । मंगबार सम्पन्न भएको खेलमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij