२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिठ्ठा परेको भन्दै १५ करोड भन्दा बढि ठगी गर्ने तीन जना पक्राउ

चिठ्ठा परेको भन्दै १५ करोड भन्दा बढि ठगी गर्ने तीन जना पक्राउ

895
Shares

काठमाडौं – सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाकाअनुसार पक्राउ परेकामध्ये खड्का रेष्टुरेन्ट व्यवसायी हुन् ।
उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij