२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३ औँ दक्षिण एसियाली खेलकुद

भुटानविरुद्ध फेरि नेपाललाई अग्रता

भुटानविरुद्ध फेरि नेपाललाई अग्रता

1.5K
Shares

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानविरूद्ध २-१ गोलको अग्रता लिएको छ। खेलको ५३ औं सुनिल बलले हेडिङबाट गोल थपेका हुन्।

यसअघि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए।
आजको फाइनल जिते नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुम्नेछ।
तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। नेपालले अहिलेसम्म तीन पटक साग फुटबलको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij