काठमाडौं – कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ। नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नविल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो।
यो योजनाअन्तर्गत मासिक किस्ता ४८ हजार ३ सय ८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको स्पोर्टेज कार आफ्नो बनाउन पाइने बताइएको छ।
न्युनतम प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा स्पोर्टेज कार किन्ने मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे हुन्छ। बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ।
कियाका जुनसुकै आउटलेटबाट एसयुभी खरिद गर्दा किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ। किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij