२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज जोर नम्बरका सवारीमात्र चल्न पाउने

आज जोर नम्बरका सवारीमात्र चल्न पाउने

1.4K
Shares

काठमाडौं –१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मङ्गलबार) समापन हुँदैछ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको छ ।

यसअनुसार मङ्गलबार काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् । यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ । यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू हुनेछैन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै महाशाखाले सागको समापन समारोह र फुटबलको फाइनल खेल हेर्न पाल्ने टिकट काटेका सम्पूर्ण दर्शकहरुलाई दशरथ रंगशालाको मूल गेट प्रयोग नगरी नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न आग्रह गरेको छ । त्यस्तै, आफ्नो सवारीलाई काठमाडौँ अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij