काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी एकमा नहुने भएको छ । भ्रमण वर्ष उद्घाटन कार्यक्रम जनवरी ७ मा हुने भएको छ । सरकारले अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन भएकाले कार्यक्रमको प्रभावकारितालाई हेरी भ्रमण वर्षको उद्घाटन कार्यक्रम सारेको हो ।
यसअघि टुँडिखेलमा उद्घाटन कार्यक्रम गर्ने भनिएको उद्घाटन कार्यक्रम समेत दशरथ रंगशालामा सारिएको छ । भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम दशरथ रंगशालामा हुने छ ।
भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा आयोजना गर्न लागेको सरकारले अंग्रेजी नयाँ वर्षको दिनमा बोलाएका विदेशी पाहुँनाहरु नआउने र सो दिन अन्य आगन्तुकहरु समेत नयाँ वर्ष मनाउन व्यस्त रहने हुँदा समय सान्दर्भिकतालाई ध्यानमा राख्दै उद्घाटन कार्यक्रम ७ तारिखमा सारिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भब्य गर्न लागेको सरकारले ४० भन्दा माथिका देशका पर्यटन मन्त्री, परराष्ट्रमन्त्री, सम्बन्धित देशको राजदूत लगाएत विशिष्ट पाहुँना, कलाकारहरुलाई आमन्त्रण गरिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij