२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा सडक महोत्सव १२ पुसदेखि

पोखरा सडक महोत्सव १२ पुसदेखि

965
Shares

पोखरा- पोखरा सडक महोत्सव १२ पुसदेखि १६ गते (२८ डिसेम्बरदेखि १ जनवरी) सम्म हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुरेन्ट एन्ड बार एसोसियसन(रेबान) पोखराको आयोजनामा हुन लागेको २१औँ संस्करणको महोत्सव भव्य बनाउने तयारी गरेको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । महोत्सवबाट पोखरामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने उनको दाबी छ ।

अंग्रेजी नयाँ वर्षका अवसरमा हरेक वर्ष गरिने पोखरा सडक महोत्सवबाट पोखराको मात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले बताए । पोखराको फिस्टेल गेटदेखि डिहीको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुने महोत्वसका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने उनले बताए । महोत्सव सञ्चालन हुने दायाँबाँयाका सडकमा रंगरोगन गरिएको छ भने रंगीचंगी ध्वजा टाँगेर सिँगारिने उनले बताए । महोत्सवबाट ८५ लाख आम्दानी गर्ने र ७० लाखको खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij