२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हरायो

पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हरायो

1.4K
Shares

काठमाडौं – १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको हो। जितसँगै नेपाल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

खेलमा नेपालले १-० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले जित निकालेको हो।खेलको १९ मिनेटमा इब्राहम हुसेनले गोल गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए।

तर पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा अभिषेक रिजालले बराबरी गोल फर्काए। उनले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेका थिए।

नेपालले दोस्रो हाफको सुरूआतमै अग्रता लिन सफल भयो। अनन्त तामाङले ५२ औं मिनेट उनले गोल गरेका हुन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij