काठमाडौं – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको समयावधी तीन महिना थपिएको छ ।
बोर्ड सञ्चालक समितिको बैठकले जोशीको कार्यकाल करिब तीन महिना थप गरेको हो ।
बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत छान्न २१ दिने सूचना पनि सार्वजनिक भइसकेको छ ।
नयाँ कार्यकारी छनोट भएर आउन केही समय लाग्ने भएकाले कार्यकाल थपिएको हो । जोशीको कार्यकाल पुस पहिलो सातासम्म थियो । पर्यटन भ्रमण वर्षको मुखमै पर्यटन बोर्ड प्रमुख कार्यकारी विहीन हुने भएपछि पनि जोशीको कार्यकाल थपिएको हो । जोशीको कार्यकाल करिब तीन महिना थपिएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्ड संचालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij