२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाललाई गल्फमा ऐतिहासिक दुई स्वर्ण

नेपाललाई गल्फमा ऐतिहासिक दुई स्वर्ण

685
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुवास तामाङले स्वर्ण पदक जितेका छन् ।
शुक्रबार गोकर्ण गल्फ कोर्समा बंगलादेशका खेलाडीलाई पराजित गर्दा सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।
सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए भने बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ मा सिमित रहे । सुवास व्यक्तिगतसँगै टिम इभेन्टतर्फ पनि स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भए । टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij