काठमाडौँ – नेपालका ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर भएका हुन् । नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकिकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरेका छन् । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।

यसअघि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकिकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो ।
मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।

मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । र बैङ्कको सेयर सदस्य तीन लाख माथि रहेको बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाले जाकारी दिएका छन् । साथै मर्जर पश्चात ग्लोबल आईएमई बैङ्कको सेवाग्राही (ग्राहक( संख्या २० लाख माथि पुगेको समेत कार्यक्रम मार्फत बैङ्कले जानकारी गराएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij