काठमाडौं – पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्ण पदक जितेकी छन् ।
बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।
यो दक्षिण एसियाली खेलकुदमा उनको मात्र होइन, व्यक्तिगततर्फ नेपालकै पहिलो स्वर्ण हो । १२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij