२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौंका खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’ गठन

काठमाडौंका खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’ गठन

1.5K
Shares

काठमाडौं- प्रधानमन्त्री कार्यालयले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न ‘टास्क फोर्स’ बनाएको छ। प्रधानमन्त्री कार्यलयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका समावेश छन्।
उक्त टास्क फोर्स दुई तहको हुनेछ। पहिलो तहमा प्रधानमन्त्री कार्यलयको सहसचिव त्यसको संयोजक छन्। सडक विभागको उपमहानिर्देशक, ट्राफिक कार्यलयका एसएसपी, यातायात व्यवस्था विभागको कार्यकारी निर्देशक पनि त्यस टिमको सदस्य छन्।
यस्तै दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुनेछ। प्रधानमन्त्री कार्यलयका उपसचिवको नेतृत्वमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव उक्त टिममा रहने बताइएको छ।
सडक विभागअनुसार दोस्रो तहको टिमले उपत्यकाका विभिन भागमा घुम्ने र सडकको अवस्था जाँच गर्ने छ। टिम पुगेको कुनै पनि ठाउँमा खाल्डाखुल्डी देखिएमा तत्कालै सडक मर्मत गर्ने टिमलाई खबर गर्छ वा फोटो खिचेर पठाउँछ।
सानो तयारीले पुर्न सकिने खाल्डो भए त्यो तत्कालै पुरिन्छ। तत्कालै गर्न नसकिने काम भएमा क्विक रेस्पोन्स टिमले पहिलो तहमा सूचना पठाउँछ।
पहिलो तहका सदस्यले त्यसमा के गर्न सकिन्छ भन्ने निर्णय गर्ने विभागले जनाएको छ ।
सडक मर्मतको बजेट भने सडक विभागबाटै निकासा गरिने छ। विभागसँगको बजेट अपुग भए अर्थलाई सिफारिस गरेर भएपनि बजेट कमि हुन नदिने सडक विभागले बतायो।
गत हप्ता मात्रै प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीकै निर्देशनपछि अहिले उपत्यकाका विभिन्न स्थानका सडकमा खाल्डा–खुल्डी पुर्ने काम तीव्र रूपमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij