२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्री अर्याल भन्छिन् – लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने काम भइरहेको छ

मन्त्री अर्याल भन्छिन् – लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने काम भइरहेको छ

725
Shares

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छिन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन् ।  लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको उनको भनाइ छ।
लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने सवालमा सरकारलाई सहयोग गर्न पनि उनले नागरिक समाजलाई आग्रह गरिन् । समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धि देखिकै भएको स्पष्ट भएको भन्दै उनले सरकार यथेष्ट प्रमाण जुटाउने क्रममा रहेको बताइन् ।
प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय सर्वदलीय विज्ञहरुको बैठकमा सीमा सुरक्षाको सन्र्दभमा सबैको एकमत कायम भएको उल्लेख गर्दे उनले त्यसले सरकारलाई थप बल प्रदान गरेको बताइन् ।
लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्र सहित नक्सा पनि हस्तान्तरण गरेका थिए । उनीहरुले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको तत्काल नक्सा सहित श्वेत पत्र जारी गर्न मन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij