पोखरा -प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गरेका छन् ।
पोखरामा सोमबार नेपाली काँग्रेसद्धारा आयोजित चुनावी सभामा नेता सिंहले मुलुकलाई लोकतान्त्रिक पद्धति अनुरुप अगाडि बढाउन काँग्रेस जित्नु जरुरी रहेको बताए ।
उनले कालापानी, लिपुलेकको विषयमा सरकार ठोस् रुपमा अग्रसर नभएको आरोप लगाउँदै लोकतन्त्रको पक्षमा देश विदेशमा सकारात्मक सन्देश दिन काँग्रेस जित्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे र सचिव वसन्त कोइराला लगायतले आफ्नो विचार राखेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij