२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन भारतीय एयरलाइन्स काठमाडौं उडानको तयारी

तीन भारतीय एयरलाइन्स काठमाडौं उडानको तयारी

1.3K
Shares

काठमाडौं – भारतको तिन एयरलाइन्सले नेपाल उडान गर्ने भएका छन्। जेट एयरवेज आक्रमक भएपछि नेपाल उडान बन्द गरेका एयरलाइन्सदेखि नयाँले पनि काठमाडौं उडान गर्ने योजना बनाएका हुन्।
भातरको स्पाइसजेटले उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ। भारतका मुम्बई, दिल्ली,बैंग्लोरबाट काठमाडौं उडान गर्ने भारतीय एयरलाइन्सको योजना रहेको छ। हाल इन्डिगो र एयर इन्डियाले यो भारतीय सहर र काठमाडौंबीच उडान गरिरहेका छन्। यो रुटमा नेपाल एयरलाइन्सले पनि उडान गर्छ। हिमालय एयरलाइन्सले उडान अनुमति नपाएको भारत उडानमा भिस्तारा र गो एयरले पनि नेपाल उडान गर्ने योजना बनाएका छन्। काठमाडौ उडान गर्ने तयारी गरिरहेको गो एयरले आगामी जनवरीदेखि अनुमतिका लागि प्रक्रिया सुरु गर्ने जानकारी गराएको छ
टाटा ग्रुपको लगानी भएको भिस्तारा एयरले काठमाडौं उडान गर्ने योजना यसअघि नै सार्वजनिक गरेको छ। यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनौपचारिक प्रस्ताव पुगेको छ।
त्यस्तै भारतको लो कस्ट एयरलाइन्स गो एयरले पनि काठमाडौं उडान गर्ने योजना बनाएको छ। यसका लागि नेपालमा रहेको प्रतिनिधितले तयारी गरिरहेको भारतीय सञ्चारमाध्यममा समाचार आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij