२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवनमा मेडिकल कलेजको अवैध शुल्कविरुद्ध प्रदर्शन

चितवनमा मेडिकल कलेजको अवैध शुल्कविरुद्ध प्रदर्शन

1.2K
Shares

काठमाडौं – चितवनका विद्यार्थीहरुले मेडिकल कलेजहरुले बढी शुल्क लिएको विरोधमा आन्दोलन चर्काएका छन्। आइतबार चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले अवैध रुपमा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले पनि प्रदर्शन गरेका हुन्।

भरतपुरको चौविसकोठीबाट विद्यार्थी, अभिभावक र नागरिक समाजले निकालेको र्‍याली नारायणगढ बजार परिक्रमा गरी पुनः चौविसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो। विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विगत तीन महिना देखि मेडिकल कलेजहरुविरुद्ध आन्दोलन गर्दै आएका छन्।

विद्यार्थीहरुले मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्विकार गर्दा समेत सरकारले कारबाही नगरेको आरोप लगाएका छन्। विद्यार्थीहरुले सरकारले कारबाही गर्न नसके जनताले कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij