भक्तपुर- रगत अभावलाई सहजीकरण गर्ने उद्देश्यकासाथ भक्तपुरको सल्लाघारीस्थित डाक्टर इवामुरा स्मृति अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन भएको छ । लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ ए २ की गभर्नर लायन शोभा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ८४ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ नेपाल अन्तर्गत लायन्स सेवा समन्वय समिति भक्तपुर, डा. इवामुरा अस्पताल मेमोरियल अस्पताल, इवामुरा कलेज अफ हेल्थ साईन्सको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त रक्तदान कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न लायन्स क्लबका सदस्यहरु, अस्पतालका कर्मचारी तथा कलेजका विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij