२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक प्रमोद प्रसाईको ‘आज फेरी’ (भिडियोसहित)

गायक प्रमोद प्रसाईको ‘आज फेरी’ (भिडियोसहित)

3.9K
Shares

काठमाडौं -गायक प्रमोद प्रसाईको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘आज फेरी’ सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा रहेर साधना गर्दै आएका प्रसाईको गीतको भिडियो बुधवार सार्वजनिक गरीएको हो ।

गीतमा सुस्मा प्रसाई बिमलीको शव्द तथा लाबोनी प्रमोदको संगीत छ ।सञ्चारकर्मी रमेश तिवारी,याम बिमली र सुजा पौडेलको अभिनय रहेको यस भिडियोलाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् ।पछिल्लो समय बिभिन्न कारणले नेपालमा बढ्दै गएको सम्बन्ध विच्छेदको घटनालाई भिडियोमा उतारीएको निर्देशक शुन्दर लावतीले बताए ।

सेल्फी मिडिया प्रा.लिको ब्यानरमा निमार्ण गरीएको ‘आज फेरी’मा शिरकुमार साम्पाङ्गको छायाङ्कन,निर्देशक लाओतीको सम्पादन तथा विकास धमलाको कलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij