काठमाडौँ –नेपाल एसबिआइ बैंकले १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार बसेको संचालन समितिको बैंठकले चुक्ता पूँजीको १०.८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने बताएको हो।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार छ। जसमा नगद लाभांश बराबर ९१ करोड ६० लाख र बोनस शेयर बराबर ५० करोड ६९ लाख वितरण गर्ने बताएको हो।
मंसिर १३ सम्म शेयर सदस्य हुने लगानी कर्ता साधारण सभामा सहभागि हुनसक्ने छन्। मंसिर १३ देखि २९ सम्म शेयर दाखिला बन्द गरिएको छ।
बैंकले मंसिर २९ मा वार्षिक साधारण सभाको मिति पनि तय गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij