२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोरखामा साधना लघुबित्तको सरसफाई कार्यक्रम

गोरखामा साधना लघुबित्तको सरसफाई कार्यक्रम

980
Shares

गोरखा– साधना लघुबित्त बित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रबेश गरेको सुखद अबसरमा गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाइको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित संस्थाले गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारीचोक, घ्याम्पेसाल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र यस सामाजिक अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए ।

वित्तीय संस्थाका अध्यक्ष कृष्ण वहादुर थापाले बित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गर्दे अझै थप सफलताका लागी ग्राहकको मनोभावना बुझी वहाँहरुको उन्नति, प्रगति हुनेगरी कार्यसम्पादन गर्न आग्रह गरे । कार्यक्रममा उत्कृट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij