काठमाडौ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको ७औं कार्यकालको अध्यक्ष पदको लागि सर्जक रमेश बिजिले उम्मेदवारी घोषणा गरेका छन्।
सस्थाका वरिष्ठ उपाध्यक्षसमेत रहेका बिजि यहि मंसिर ६,७ र ८ गते कास्कीको पोखरामा हुने ७औं महाधिवेशनबाट अध्यक्ष बन्ने विस्वासमा छन्।
उनले भने-‘म प्रतिष्ठानको संस्थापक सह-सचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ।’
उनले थपे-‘स्थापना कालदेखि प्रतिष्ठानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु । यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनुहुन्छ ।’
२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका–१४ लामागे हो । बुटवलमा एक समयका पूराना कलाकारहरुको चेला रहेका उनी अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितामा सहभागी प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आएका छन् ।
झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै आफू समर्पित रहेको उनले बताए । उनीसहित अर्का बरिष्ठ गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij