२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

835
Shares

नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ ।
उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो । अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो ।
सो बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नेछन् । बैठक तीन दिनसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij