२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका ग्राहकले चिरायु हस्पिटलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले चिरायु हस्पिटलमा विशेष छुट पाउने

685
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij