२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

1.1K
Shares

काठमाडौं – आईसीएफसी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको कात्तिक २७ गते बसेको २५४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १३ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जनाइएको छ।

संचालक समितिले ५ प्रतिशत नगद र कर प्रयोजन सहित गरि ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

फाइनान्सले हाल कायम चुक्तापुंजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँबाट १३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो। लाभांस वितरणपश्चात फाइनान्सको चुक्तापुंजी ९२ करोड ६३ लाख नाघ्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij