काठमाडौं– जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागि एन.एस. क्वालिटी अवार्ड अन्र्तगत ‘लेटर अफ एप्रिसियसन’द्वारा सम्मानित भएको छ ।
यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पीएससी)ले यो अवार्ड प्राप्त गरेको हो । यस अघि सन् २०१४ र २०१५ मा आफ्नो अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) सिमेन्टको लागि जगदम्बा सिमेन्ट यो अवार्डबाट सम्मानित भएको थियो ।
उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयता प्रति प्रतिवद्धता रही आएको छ । एक पछि अर्को सम्मानहरुबाट जगदम्बा सिमेन्टले गुणस्तरीयता प्रतिबद्धतालाई पुष्टि गरेकोे छ ।
जगदम्बा सिमेन्टले उत्पादन गरेका गुणस्तरीय सिमेन्टहरु शुभ श्री जगदम्बा सिमेन्ट पीएससी, जगदम्बा सिमेन्ट पीपीसी, अल्ट्रा प्रिमियम ओपीसी, जगदम्बा अल्ट्रा एक्टिभ पीपीसी, जगदम्बा अल्ट्रा अल्टिमो पीएससी, फोर्स पीएससी, जगदम्बा एभरलास्ट पीपीसी आदि रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij