२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकार डिलप्रसाद शर्माको निधन

पत्रकार डिलप्रसाद शर्माको निधन

1K
Shares

काठमाडौं – पत्रकार डिलप्रसाद शर्माको उपचारका क्रममा बिहीबार सिभिल अस्पतालमा निधन भएको छ।
बोनम्यारो सम्बन्धी समस्याले पीडित शर्मा चार महिनादेखि उपचाररत थिए। उनको बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएको अस्पतालले जनाएको छ। २३ वर्षीय शर्मा ‘साझा बिसौनी’ दैनिक र ‘देशसञ्चार’ अनलाइनमा आबद्ध थिए।
अल्पायुमै शर्माको निधनले स्तब्ध भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै शर्माप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij