२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक रोज मोक्तान ‘तरुनी ‘ सार्वजनिक (भिडियो)

गायक रोज मोक्तान ‘तरुनी ‘ सार्वजनिक (भिडियो)

980
Shares

काठमाडौं -निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत तरुनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीत तरुनीमा राजन इशानको संगीत संयोजन रहेको छ । भिडियोमा रोज, निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।
रामेछापको सुनापाती गाउँपालिकाको भिरकोटमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सुचिमा पर्छन।
झमझम स्टकोट, कलकत्ते काइयो,झिम्काइ देउ परेली, हेलम्बुको बजारमा, हिउ पर्यो फुरुरु, रातो रातो गाला, आँखाको रमझम, यानी माया, लगायत करिब पाँच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij