२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

870
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्धघाटन गरेको छ। बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।
उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालिका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्धघाटन गरे।

बैकले सातै प्रदेशमा १४४ वटा शाखा र १३३ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २७७ स्थानबाट सेवा दिदैं आएको छ। साथै देशभर रहेका १६७ वटा एटीएममार्फत बैंकले २४ घण्टा नै सेवा प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij