२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरमा लाग्यो ‘गो ब्याक इण्डिया’ को नारा

जनकपुरमा लाग्यो ‘गो ब्याक इण्डिया’ को नारा

835
Shares

जनकपुर– सत्तारुढ नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ धनुषाले भारतले सार्वजनिक गरेको नयाँ नक्सा विरोध गर्दै प्रदर्शन गरेको छ । बुधबार जनकपुरमा सो संगठनले विरोध प्रदर्शन गरेको हो । ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानरसहित युवा संघका नेता कार्यकर्ताहरुले जनकपुर नगरको परिक्रमा गरेका थिए ।
र्‍यालीमा सहभागीहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी समेत दिए । प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा समेत लगाएका थिए । विरोधमा उत्रिएका युवाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले जनकपुर नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij