काठमाडौं -आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत आइएमईका सेवाग्राही इन्द्रराज शेरचन सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित भएका हुन् ।
उनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत ५०,१३७ रुपैंयाँ पठाएका थिए । विजेता घोषित भएपछि उनले दुई गुणा हुन आउने १००,२७४ जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी छन् ।
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कूल ७७ दिनसम्म कायम रहनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij