२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विषादी परीक्षण गर्न तीन स्थानमा उच्च प्रविधियुक्त प्रयोगशाला

विषादी परीक्षण गर्न तीन स्थानमा उच्च प्रविधियुक्त प्रयोगशाला

710
Shares

तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा, भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते मन्त्रालयले गएको असार २ गते सीमा नाकाहरुमा विषादी परीक्षण गरेपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको थियो । सीमा नाकामा विषादी परीक्षणको व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दबाब आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो । यो खबर आजको आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij