२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको शाखा हात्तीगौंडामा

गरिमा विकास बैंकको शाखा हात्तीगौंडामा

720
Shares

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिका वडा नं.-७, हात्तीगौंडामा शाखा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij