२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाईनान्स २५ औं वर्षमा प्रवेश

गोर्खाज फाईनान्स २५ औं वर्षमा प्रवेश

845
Shares

काठमाडौँ – गोर्खाज फाइनान्स लिमिटेडको २५ औँ बार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । २०५१ साल कात्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो ।

काठमाडौँ फाइनान्सको नाम र २ करोड चुक्ता पूँजीबाट सुरु भएको संस्थाको हाल आएर ८६.७९ करोड चुक्ता पूँजी पुगेको छ । काठमाडाँै फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको हो ।

सो कार्यक्रममा फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेतिदेवी प्राविलाई सहयोग स्वरुप पचाँस हजार रुपैयाँको चेक हस्तान्तरण गरे । भीमसेन गोला माविलाई पैतिस हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij