२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

700
Shares

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको शनिबार सम्पन्न १०६ औं बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश  दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभाँश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख १० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij