२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिथिला लघुवित्तको नाफा ४६ लाख

मिथिला लघुवित्तको नाफा ४६ लाख

600
Shares

काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडलेले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख २ हजार रुपैंया खुद नाफा कमाएको छ । लघुवित्तले ३५ लाख ५० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा ६ करोड ५९ लाख रुपैंयाको चुक्ता पूँजीलाई बढाएर ९ करोड ८९ लाख रुपैंया पुर्याएको लघुवित्तको जगेडा कोषको आकार २ करोड ५८ लाखबाट बढेर ६ करोड ३४ लाख रुपैंया पुगेको छ ।

कमाईभन्दा पूँजी धेरै बढेका कारण लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको यै अवधिमा लघुवित्तको पश्तिशेयर आम्दानी २१ रुपैंया ५२ पैसा रहेकोमा अहिले १८ रुपैंया ६० पैसा कायम भएको छ ।

व्यवसाय बढेका कारण लघुवित्तको खुदव्याज आम्दानी भने बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ३१ लाख ८७ हजार रुपैंया खुद व्याज आम्दानी गरेको लघुवित्तले यस पटक १ करोड ८८ लाख ५ हजार रुपैंया खुद व्याज आम्दानी गरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैंया १६ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.८२ गूणाले बढी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij